
धादिङबेसी असोज १५ । विप्लव नेतृत्वको नेकपा धादिङले विनोद लुङ्गेली मगर र हरिशर नेपाललाई साधारण सदस्यता समेत नरहने गरि कार्वाही गरेको छ ।
जिल्ला सेक्रेटरी बुद्धले प्रेस विज्ञप्ती जारी गर्दै नेकपा धादिङ जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय मगर मुक्तिमोर्चाको केन्द्रिय सदस्य समेत रहेका बुढाथुमका वनोद लुङ्गेली मगरले पार्टीे अनुशासन विपरित कार्य गरेको प्रमाणित भएकोले पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरिएको बताएका छन् ।
यस्तै नीलकण्ठ नगरपालिका मुरलीभन्ज्याङका हरिशरण नेपाल नेकपाको कुनै पनि तहमा नभएको तर धादिङ नुवाकोट रसुवा लगायतका जिल्लाहरुमा न्याय सम्पादन तथा आर्थिक चलखेल गर्ने गरेको पाईएकोले साधारण सदस्य पनि नरहने गरि कार्वाही गरिएको सेक्रेटरी बुद्धले धादिङपोष्टलाई बताए ।
पार्टीको नाममा जिम्मेवारी नलिने र पार्टी गतिविधिलाई भिन्न रुपमा प्रस्तुत गर्ने कार्य अव हाम्रो जनअदातले प्रमाण सहित फेला पारेकोले कार्वाही गरेका हौ उनीहरुले गर्ने हरेक कार्य अब नेकपाले लिने छैन सेक्रेटरी बुद्ध भने ।

