श्रीमतिको उपचारका लागी सिंगापुर गएका पूर्वप्रधानमन्त्री आज फर्किँदै

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

काठमाडौं, असोज १५ । पत्नी सीताको उपचारको लागि सिंगापुर गएका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड आज स्वदेश फर्किदै छन् ।

प्रचण्ड पत्नी सीताको ‘फलोअप’ उपचारका लागि यहि असोज १० गते त्यसतर्फ गएका थिए । २०७४ को दशैं अघि गम्भीर बिरामी भएकी सीतालाई छोरा प्रकाशको निधनपछि बढी चोट परेको र त्यसपछि उनी निरन्तर अस्वस्थ रहँदै आएको परिवारका सदस्यहरुले बताएका छन् ।