अमेरिकाविरुद् अन्तर्राष्ट्रिय अदालतमा उजुरी

Avatar photo
Dhadingpost
अशोज १४, २०७५

एजेन्सी, असोज १४ । प्यालेस्टाइनले जेरुस्लेम मामिलामा अमेरिकामाथि अन्तर्राष्ट्रिय अदालतमा उजूरी दर्ता गरेको छ ।

उसले तेल अभिभस्थित इजरायलका लागि राजदूतावास जेरुस्लेममा सार्ने अमेरिकाको निर्णयविरुद्ध उक्त उजूरी दर्ता गराएको हो ।

निवेदनमा प्यालेस्टाइनले उक्त सन्धीले राजदूतावास इजरायलले पाएको क्षेत्रभित्र स्थापना गरिनुपर्ने र जेरुस्लेमको विशेष अवस्थालाई कायम रहन दिनुपर्ने उल्लेख छ, जसको अर्थ अमेरिकाले आफ्नो राजदूतावास स्थानान्तरण गरेर अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको स्पष्ट भएको लेखेको छ ।

वक्तव्यमा प्लेस्टाइनले अमेरिकाको कदमलाई अवैधानिक ठहर गर्न र जेरुस्लेमबाट राजदूतावास फिर्ता ल्याउन आदेश दिन अदालतसँग माग गरेको छ ।

अन्तर्राष्ट्रिय न्यायिक अदालतले शुक्रबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको राजदूतावास सार्ने निर्णयले कूटनीतिक सम्बन्धका लागि भएको १९६१ को भियाना सम्झौताको उल्लंघन गरेको प्यालेस्टाइनले दावी गरेको बताएको छ ।