काठमाडौ, असोज १४ । रबिना बादिकी श्रीमान् श्यामलाल ओलीले पछिल्लो समयमा आएर आफ्नो र श्रीमतीको सम्बन्ध बिग्रनुको रहस्य खोलेका छन् ।
आफ्ना बाबा आमा संगै आएका श्यामलालले आफ्ना कारणले बाबा आमाको मन साह्रै दुखाएको बताउछन ।
गित संगीत मनपर्ने गित संगीतकै कारण रबिना संग परिचय भएको तर यो परिचय आफुलाई महँगो परेको उनको गुनासो छ । उनकी आमा भन्छिन बुहारीको बानि जस्तो भएपनि फूलजस्तो नाति को कारण पनि छोरा बुहारी मिले राम्रै हुने थियो तर बुहारीले सासु ससुरा श्रीमान कसैको ठाउ नराखेको सबै झुठ बोलेको हुँदा अब सम्बन्ध सुध्रन गाह्रो भएको आमाको भनाइ छ ।
जीवनको यो मोडमा न घर छ न परिवार आफु एक्लो भएको र जस्कालागी आमा बाबा छोडेर हिने उसले झुठ बोलेर समाजमा मुख देखाउन लायक नराखेको उनि बताउछन । आफ्नो छोरा को भाबिस्यमाथी चिन्ता लागेको र छोराको भबिस्य र उसको उपचारमा आम नेपालीले गरेको सहयोगको लागि धन्यबाद दिदै आफु सबै पार्टी ऋणी रहेको र अबको दिनमा समाजको लागि राम्रो काम गरेर देखाउने पनि उनले बताए । स्मरण रहोस पछिलो समय रबिना बादीले आपनो र पति श्याम्मलाल को सम्भंदा सुद्रिएको बताएकी थिइन् ।
