धादिङ असोज १३ । पूर्व एमाले तथा नेकपा धादिङका नेता एवम् व्यवस्थापिका पूर्व सदस्य गुरुप्रसाद बुर्लाकाटीले नेपालको ठुलो टार सल्यानटारलाई हवाई मार्ग बनाउन माग गरेका छन् ।
बुर्लाकोटीले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निमार्ण पनि सल्यान्टार अत्यन्त अकर्षक टापुको रुपमा रहने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सल्यानटारलाई हवाई मार्ग बनाउन माग पत्र पेश गरेका हुन् ।
बुढीगण्डकी जलविद्युत आयोजनाको जलाशय ६३ वर्ग किलोमिटर चौडा र ४८ किलोमिटर लम्बाई रहने गरि ताल बन्छ र मध्य पहाडी लोकमार्ग पनि सल्यानटार छोएर गोरखा तर्फ जाने भएकोले भविस्यमा सल्यानटार स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि अकर्षक गन्तव्य हुनेछ नेता बुर्लाकोटीले मन्त्रालयमा पेश गरेको माग पत्रमा लेखेका छन् ।
बुढीगण्डकी जलविद्युत आयोजना निमार्णको लागि मुअब्जा वितरण सुरु हुँदै गर्दा धादिङको सल्यान्टारलाई विश्वकै चर्चित र आकर्षक पर्यटकिय स्थलको रुपमा रहने हुँदा सल्यानटारमा अहिले भुमाफियाहरुको समेत मजैले ध्यान जान थालेको देखिन्छ । त्यसो त जिल्लाका माननियहरुले समेत रोपनीका रोपनी जग्गा आमा छोरी आफ्ना नातेदार र स्वयम जग्गा धनीले भोग चलन गर्ने र जलविद्युत परियोजना सकिएपछि दिनेगरि कागज गरेर किनेका छन् ।
जग्गाको भाउ आकाशिएको छ । रोपनीको यति नै भनेर मुल्य निर्धारण नभएपनि पर्यटन व्यवसायी, अन्य व्यवसायी नेताहरुले आकर्षक मुल्यमा जग्गा किन्न थाले सँगै सल्यानटारको जग्गाको मुल्य आकाशिएको स्थानियहरु बताउँछन् ।


