काठमाडौँ, असोज १० । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्लीरम विष्टसहित १७ जनालाई निगारीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
कारबाही अगाडि बढाएका व्यक्तिहरुमा राजेन्द्रसिंह धामी, धर्मसिंह धामी, सुरेन्द्रसिंह कुँवर, चाँदनी साउद, वासुदेव अवस्थी, पे्रमबल्लवभ जोशी, जगदीश भट्ट, एकीन्द्रबहादुर खड्का, कृष्णीसिंह विष्ट, रामसिंह धामी, धर्मेन्द्रसिंह विष्ट र लाल विष्ट रहेका छन् ।
०७५ असोज ४ गते बैंकिङ विवरण माग गरिएको पत्रमा भनिएको छ, २०७५ साल साउन ११ गते जिल्ला कञ्चनपुर भिनपा १८ स्थित उखुवारीमा बर्ष १३ की निर्मला पन्तलाई कर्तव्य गरी मागरेको घटनाको छानविनको सिलसिलामा निम्न बैंकमा निम्नअनुसार खाता नम्बरहरुमा मिति २०७५ साल साउन ५ गतेदेखि हालसम्म भए गरेका कारोवारहरुको विवरण आवश्यक परेको हुँदा यथाशीघ्र विभागमा पठाई सहयोग गरिदिनुहुन अनुरोध छ ।
प्राप्त जानकारीअनुसार अनुसन्धानको सिलसिलामा प्रहरी प्रधान कार्यालयले नेपाल राट्र बैंक प्रधान कार्यालय बालुवाटारलाई पत्र लेखी उल्लिखित व्यक्तिहरुको विवरणसहित बैंकखाता माग गरेको छ ।
