किम जोङ उनसँग दोस्रो शिखर वार्ताको तयारीमा डोनाल्ड ट्रम्प

Avatar photo
Dhadingpost
अशोज ९, २०७५

एजेन्सी, असोज ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ सँग निकट भविष्यमा दोस्रो शिखर वार्ताको अपेक्षा गरेको बताएका छन् ।

एकवर्ष अघिसम्म रासायनिक आमना समनाको बारेमा सार्वजनिकरुपमा वाक् युद्ध गरिरहेका दुई राष्ट्रप्रमुखबीच गत जून महिनामा सिंगापूरमा भएको पहिलो शिखर वार्ताले सम्बन्धमा निकै सुधार ल्याएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मूख्यालयमा बोल्दै ट्रम्पले विदेशमन्त्री माइक पोम्पियोले निकट भविष्यमा अर्को शिखर वार्ताको व्यवस्थापन गर्ने बताए । तर हालसम्म वार्तास्थलको बारेमा भने कुनै निर्णय अहिलेसम्म नलिएको ट्रम्पले बताए ।

न्युयोर्कको भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जेई इनको उपस्थितीमा बोल्दै ट्रम्पले धेरै प्रगतीहरु भैरहेको बताएका छन् । ‘सम्बन्ध एकदमै राम्रो छ र केही तरिकाले एकदमै फरक छ ।’ ट्रम्पले भने ।