पाँचथर, असोज ९ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक महिलालाई घरमा श्रीमान नभएको बेला एक युवकले मार्ने धम्कि दिएर बलात्कार गरेका छन् ।
बलात्कार आरोपी युवकलाई प्रहरीले नियन्त्रणमा लिएपछि महिलालाई मार्ने धम्कि दिएर बलात्कार गरेको पुष्टि भएको हो।
महिलाका श्रीमानले दिएको उजुरीको आधारमा आरोपी युवकलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताए ।
असोज ३ गते राती श्रीमान नभएको मौका छोपि ३५ बर्षिया महिलालाई मार्ने धम्कि दिएर ति युवाले बलात्कार गरेका थिए । आफू नभएको समयमा श्रीमतिलाई धम्कि दिइ बलात्कार गरेको पीडित महिलाका श्रीमानको भनाई छ ।
