अबको पभापति कोइराला परिवारबाट

Avatar photo
Dhadingpost
अशोज ७, २०७५

बुटवल, असोज ७ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापति कोइराला परिवारबाट नै हुने दावी गरेका छन् ।

रुपन्देहीको बुटवलमा आइतबार आयोजित साक्षात्कारमा महामन्त्री कोइरालाले भने, ‘शेखर दा, म र सुजातामध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।

देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफूले देश दौडाहामा थाहा पाएको उनले सुनाए ।

चार वर्ष पछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको विश्वास छ । उनले पार्टी सभापतिको अधिकार पनि विकेन्द्रित गर्नुपर्ने धारणा राखे । ‘कांग्रेस विवादमा अल्झने अवस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सभापतिको अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।

वर्तमान सरकार संघीयताको मर्म विपरित चलिरहेको उनले आरोप लगाए । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन,’ डा. कोइरालाले भने ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नयाँ विधान पारित गरिने समेत बताए । कम्तिमा आउँदो ३० वर्षका लागि विधान बनाउने उनले प्रष्ट पारे ।