प्रधानाध्यापकको गोली हानी हत्या

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

सुनसरी, असोज ४ । सुनसरीको हरिजगर गाउँपालिका–१ भुताहामा चार जनाको समुहमा आएको व्यक्तिले प्रधानाध्यापकको गोली हानी हत्या गरेको छ ।

भारतको भिरपुरबाट चार जनाको समुहमा आएका व्यक्तिले स्थानीय विध्यालयका प्रधानाध्यापक खुर्सिद मियाँ अन्सारीको हत्या भएको छ ।

उक्त समुहले प्रहरीमाथि पनि गोली प्रहार गरेको थियो । आक्रमणबाट एक प्रहरी घाइते भएका छन् ।

हत्या कुन कारणले हत्या भएको भन्ने कुरा खुल्न आएको छैन् । उनले यस अघिनै आफु असुरक्षित रहेको प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थल वरीपरी अहिले व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।