बझाङ, असोज ४ । बझाङमा १८ किलो चरेशसहित १८ बर्षिय दिपक बोहरा र ३९ बर्षिया हस्ता पुरी पक्राउ परेका छन् ।
दुवैलाई ईलाका प्रहरी मष्टाको असइको कमान्डमा खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लिइएको छ ।
पक्राउ परेका दुवैलाई पैहरीले मष्टा गाउँपालिकाको धुरल भन्ने ठाउँबाट सदरमुकाम चैनपुर ल्याउँदै गर्दा बुधबार बिहान बिचबाटोमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रविन धितालले जानकारी दिए ।
