कपील शर्मासँग शो गर्नेबारे भारती सिंहले गरिन् ठूलो खुलासा

Avatar photo
Dhadingpost
भदौ २१, २०७५

एजेन्सी, भाद्र २१ । केही दिन अघि टेलिभिजनका कमेडी किङ कपील शर्माले पुनः कमेडी शोको माध्यमबाट कमब्याक गर्ने खबर आएको थियो ।

यसबीच उनीसँगै कमेडियन कृष्ण अभिषेक र भारती सिंह पनि देखा पर्ने बताइएको थियो । हालै भारतीले कपीलसँगको आफ्नो कामबारे बयान दिएकी छिन् ।

साथै उनले कृष्ण पनि आफूसँग त्यस्तो कुनै शो गर्न नलागेको बताइन् । उनले कृष्णले फिल्मको र अन्य काममा ध्यान दिइरहेको कारण उनी कपीलसँग कुनै शोमा नगर्ने बताइन् ।

भारतीले एक अन्तर्वार्तामा आफू कपील शर्मासँग काम गर्ने तयारीमा नरहेको बताएकी छिन् । उनीहरुबीच त्यस्तो कुनै शोको विषयमा कुराकानी नभएको र भएको खण्डमा त्यो सुनाउन पाउँदा आफूलाई खुशी मिल्ने उनले बताइन् । उनले हालै खतरोका खिलाडीको शूटिङ पुरा गरिन् र अब आफ्नो श्रीमान् हर्षसँग बिग बस १२ मा जाने तयारीमा छिन् ।