काठमाडौं, भदौ २१ । काठमाडौंको थापाथली नदी किनारमा दुई महिनाको बालक झोलामा पोको पारेर फालिएको अवस्थामा फेला परेको छ ।
जेब्रा झोलामा बालकको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनाकाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।
थापाथलीको रुद्रेश्वर मन्दिर नजिकै दोभानमा आन्दाजी दुई महिने बालकको शव झोलामा पोको पारेर फालिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
