विहान उठ्नेवित्तिकै तपाईले जे खानुहुन्छ त्यसमा निकै सोचविचार गर्न जरुरी छ । किनकी हामीले विहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँछ ।
केही मानिस विहान उठ्ने वित्तिकै कफी पिउँछन् । यो गलत बानी हो । यदि तपाईंलाई पनि विहान उठ्नासाथ के खाने भन्ने चिन्ताले सताएको छ सही उपाए यो हुन सक्छ ।
खाली पेटमा खान नहुने बस्तु
केरा
केरामा म्याग्नेसियमको मात्रा अधिक हुन्छ । यो शरीरको लागि निकै आवश्यक चिज पनि हो, तर जब तपाईले खाली पेटमा यसको सेवन गर्नुहुन्छ तब रगतमा म्याग्नेसियमको मात्रा बढ्छ जसले तपाईको मुटुलाई हानी गर्न सक्छ । यसकारण खाली पेटमा केरा खानु हुँदैन ।
टमाटर
विहान खाली पेटमा टमाटर खानाले ग्यास्ट्रिक–अल्सर हुने खतरा ज्यादा हुन्छ । टमाटरमा रहेको ‘टैनिक एसिड’का कारण एसिडिटी पनि बढ्छ । यसैले विहान खाली पेटमा टमाटर नखानुहोस ।
सोडा केही मानिसमा विहान उठ्नेवित्तिकै कोल्ड ड्रिँक्स पिउने बानी हुन्छ । यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक छ । यसले ‘म्यूकस मेम्ब्रेन’लाई क्षति पुर्याउँछ । यसको अलावा पाचन तंत्रमा पनि गम्भीर असर पर्दछ ।
दही
दहीमा हुने ‘हेल्दी व्याक्टेरिया’ पेटका लागि निकै फाइदाजनक छ, तर यसको सेवन खाली पेटमा गर्नु हुँदैन । जब खाली पेटमा दही खाइन्छ तब पेटमा हाइड्रोक्लोरिक एसिडको मात्रा बढ्छ र ‘हेल्दी ब्याक्टेरिया कमजोर हुन थाल्छ । यसकारण खाली पेटमा दही नखानुहोस ।
मसलेदार खाना
खाली पेटमा मसलेदार खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।यसले पाचन तंत्रमा नकारात्मक प्रभावपार्छ । यस्ता खानेकुराले पेटमा एसिडिटीको मात्रा ह्वात्तै बढाउँछ ।
खाली पेटमा के खाने ?
खाली पेटमा तपार्ईले अण्डा, ओटमिल, ब्राउन ब्रेड, खरबुजा, ब्लू बेरी, मह या कार्बोहाइड्रेटयुक्त खाना खान सक्नुहुन्छ जसले तपाईको पाचन प्रणालीलाई खराब गर्दैन ।

