उत्तरप्रदेश, भदौ २१ । उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेको र लोभ देखाएर क्रिश्चियन (ईसाई) धर्म अपनाउन लगाएको आरोपमा २७१ जनालाई कारवाही गरेको छ ।
भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ ।
हिन्दु जागरण मञ्चका ब्रजेश सिंहका अनुसार ईसाई धर्मका प्रचारकले जोनपुर, आजमगढ, वाराणसी र गाजीपुर जिल्लाका गाउँका बासिन्दालाई चर्चमा प्रार्थना गर्न दबाव दिँदै आएका थिए । सिंहका अनुसार चर्चमा प्रत्येक आइतबार र मंगलबार प्रार्थना सकिएपछि उनीहरुलाई हिन्दु धर्मको बारेमा गलत कुरा भनिन्थ्यो र ईसाई धर्म अपनाउन प्रोत्साहित गरिन्थ्यो ।
उजुरीमा भनिएको छ चर्चमा पूजा गरिसकेपछि नशालु प्रतिवन्धित औषधि दिइन्छ र यसै क्रममा धर्म परिवर्तन गराएर ईसाई बनाइन्छ ।
