काठमाडौं, भर्दौ २० । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अन्नत’ बंगलादेश भ्रमणमा गएका छन् ।
बंगलादेश सरकारले आयोजना गर्न लागेको ‘पावर एण्ड इनर्जी वीक’ कार्यक्रममा सहभागी हुन मन्त्री पुन ढाका गएका हुन् ।
गत महिना नेपाल र बंगलादेशबीच इनर्जी को-अपरेशनमा हस्ताक्षर भएको थियो ।
ढाका बसाइको क्रममा प्रधानमन्त्री शेख हसिना र समकक्षी नसरुल हमिदसँग भेटवार्ता पनि गर्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटवार्तामा ऊर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे छलफल हुने बताइएको छ ।
