जकार्ता, भदौ १३ । प्रतियोगिताको १२ औँ दिनमा प्याराग्लाइडिङ मार्फत् नेपालले प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जित्ने निश्चित भएको छ ।
आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले पदकको आधिकारिक निर्णय आइसकेको छैन । यद्यपि नेपाली टोलीले पदक जितकोमा खेलाडी र अफिसियलहरूले भने खुशीयाली मनाउन थालेका छन् । जापानभन्दा पछाडि रहँदै नेपालले पुरुष क्रस क्रन्ट्रीतर्फ रजत जितेको हो ।
मंगलबार पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा दोस्रो चरणको खेल सकिएसँगै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको हो ।
