११ वर्षका बालिकाको शंकास्पद मृत्यु

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

भोजपुर, भदौ १३ । साल्पासिलिछो गाउँपालिका–५ सालेवाका ११ वर्षका रचना राईको हत्याको आरोपमा मामा पर्ने सञ्जय राईलाई प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरमा बालिका हत्याको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिंलाका इन्सपेक्टर सञ्जिप ओलीले बताए ।