भुटानका प्रधानमन्त्रीलाई नेपालका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले स्वागत गरे

Avatar photo
Dhadingpost
भदौ १३, २०७५

काठमाडौं, भदौ १३ । शुक्रबार र शनिबार काठमाडौंमा हुने विमस्टेक सम्मेलनका लागि भुटानका अन्तरिम प्रधानमन्त्री ल्योन्पो छिरिंग वांगचुक बुधबार बिहान काठमाडौं आएका छन् ।

उनलाई त्रिभुवन विमान स्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् । विमस्टेक सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका नेपाल आउने पहिलो पाहुना भुटानी प्रधानमन्त्री वांगचुक हुन् । उनी त्यहाँका प्रधानन्यायधीशसमेत हुन् । सम्मेलनमा श्रीलंकका राष्ट्रपति, भारतीय प्रधानमन्त्री, थाईल्याण्डका प्रधानमन्त्री, म्यानमारका सरकार प्रमुख, वंगलादेशकी प्रधानमन्त्रीसमेत आउनेछन् ।