काठमाडौं, भदौ १२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबको केही समय गौशालादेखि, विमानस्थल, तीनकुने, नयाँ वानेश्वर हुँदै कलंकीसम्म गाडी दुईतर्फी अवरुद्ध हुने जानकारी दिएको छ ।
विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विन मिन्ट २ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन् । विमानस्थलबाट उनलाई सोझै सोल्टी होटल पुर्याइने भएकाले दुवैतर्फी बाटो बन्द गरिन लागेको हो। विमस्टेकका लागि सहभागी हुने हाइप्रोफाइलमा उनी पहिलो भिभिआइपी हुन् ।
उनको स्वागतका लागि तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
