काठमाडौं, भदौ १२ । भारतमा नक्कली नेपाली नोटसहित ५६ वर्षीया मनोज अचार्जी पक्राउ परेका छन् ।
भारतीय राज्य पश्चिम बंगालको सिलगुढी जिल्लाअन्तर्गत नक्सलवारीबाट एकजना व्यक्ति ८ लाख नेपाली रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ५६ वर्षीय मनोज अचार्जी छन् । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै भारतीय न्यूज एजेन्सी एसियन न्यूज इन्टरनेशनलले जनाएको छ ।
