काठमाडौं, भदौ ८ । नेकपाले सबै जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाउने तयारी गरिरहँदा महिलाको प्रतिनिधित्व लगभग शून्यजस्तै देखिएको छ ।
देशैभरि पार्टी नेतृत्वमा पुरुषहरुकै प्रभुत्व देखिएको छ ।
तर, केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा महिलाको संख्या ४ अर्थात जम्मा १६ प्रतिशत मात्र छ । सातवटै प्रदेशमा एकजना पनि महिला मुख्यमन्त्री छैनन् । र, अब चुनिने जिल्ला अध्यक्षमा पनि महिलाहरु शून्य हुने स्थिति देखा परेको छ ।
संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनैपर्ने व्यवस्था छ । ०६८ को राष्ट्रिय जनगणना अनुसार महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ भने पुरुषको संख्या जम्मा एक करोड २८ लाख ४९ हजार ४१ छ ।
