स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
भदौ ८, २०७५

काठमाडौं, भदौ ८ । काठमाडौंको भद्रकालीमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान सवा ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

घाइते दुबैको मोडेल अस्पताल कीर्तिपुरमा उपचार भैरहेकोमा सुवर्णलाई थप उपचारको लागि ट्रमा सेन्टर ल्याइएको छ । कारलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौंकै गैरीधारामा पनि गएराति ९ बजे बा ५ च ४९३९ नम्बरको जीपले बा ६२ प ३२४८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं शान्तिनगरकी २५ वर्षीया मैनता घिमिरे घाइते भएकी छन् । उनको मोडेल अस्पताल बागबजारमा उपचार भैरहेको छ । कार चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको छ ।

स्कुटरमा पछाडि सवार नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष ब्यक्ति गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

यसैबीच काठमाडौंको कीर्तिपुर नगरपालिका ३ समलटोलमा गएराति कारको ठक्करबाट २ जना घाइते भएका छन् ।

गएराति सवा १० बजे बा १६ च ९०५६ नम्बरको कारले ठक्कर दिँदा मकवानपुर कुलेखानी घर भई हाल कीर्तिपुर बस्ने २७ वर्षीय देब गोले र १३ वर्षीय सुवर्ण सिंह भुसाल रहेका छन् ।