बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग

Avatar photo
Dhadingpost
भदौ ५, २०७५

काठमाडौं, भदौ ५ । राष्ट्रियसभाका सांसद कविता बोगटीले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर ईदमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् ।

त्यसैगरी सांसद उदया शर्मा पौडेलले ललितपुरको खुमलटारमा रहेको रेडियो नेपालको ८० रोपनी जग्गा भाडामा दिएकोमा आपत्ति जनाउँदै तत्काल फिर्ता लिन पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले विभिन्न बहानामा कर वृद्धि गरिएको उल्लेख गर्दै फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरिन् ।

सांसद अनिता देवकोटाले वर्षात्को मौसममा आवागमनमा समस्या भएको भन्दै दाङको खोलाहरुमा पुल निर्माण गर्न सरकारलाई सचेत गराइन् । उनले दाङमा मापदण्ड विपरित संचालनमा रहेका सिमेन्ट उद्योग हटाई दिन पनि सरकारसँग माग गरिन् ।

बकर ईद पर्व भोली बुधबार मनाइदै छ । सांसद बोगटीले दशैं जस्तै मुस्लिम समूदायको महान पर्व बकर ईदमा सार्वजनिक विदा दिन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले विभिन्न समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा कटौति गरेर गल्ती गरेको दावी पनि गरिन् ।