काठमाडौँ, भदौ ३ । प्रधान्यायाधीशमा अस्वीकृत भएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले जोशीले भैपरी आउने विदा अन्तर्गत रहेर ६ दिन बिदा थप गरेको छ ।
जोशीको बिदापछि ओमप्रकाश मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दैनिक पेसी तोक्दै आएका छन् ।
संसदीय समितिबाट अस्वीकृत भएपछि जोशीले लिएको १५ दिनको विदा आजबाट सकिएपछि पुनः ६ दिनका लागि बिदा थप गरेका छन् । गत साउन १८ गते उनलाई संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर १५ दिनको बिदामा बसेका थिए ।
