काठमाडौ, साउन ३१ । भनिन्छ स्वास्थ्य नै ठुलो धन हो । आजभोलीको मानिसहरु बीजि भएर कतिलार्इ खान फुर्सद समेत हुँदैन् । हामीले आफ्नो शरीरमा शक्ति सन्चय गर्न र पोषण तत्वका लागि कम्तीमा पनि यी पाँच खानेकुरा खानुर्पछ ।
१. ठुलो बदामः यसले हाम्रो शरीरमा प्रोटिन, भिटामि इ, फाइबर आदि प्रदान गर्छ । यसले मुटुका बिरामी, सुगर, कफ जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।

२. अण्डाः हाम्रो शरीरमा यसले प्रोटिन आइरन भिटामिन बि आदि प्रदान गर्छ । साथै कपाललार्इ पनि फाइदा पुर्याउँछ । यसले मुटुका बिरामीलार्इ पनि फाइदा पुर्याउाछ ।

३. ब्रोकाउलीः यसले हाम्रो शरीरमा भिटामिन, मिनरल्स आदि प्रदान गर्छ । यसले क्यान्सर, लो(प्रेसर, कोलेस्टोरेल जस्ता बिरामीका लागि पनि फाइदा पुर्याउँछ ।
४. केराः यसले हाम्रो शरीरमा भिटामिन, आइरन आदि प्रदान गर्छ । दिनमा २ वटासम्म केरा खाँदा यसले स्वास्थ्यमा फाइदा पुग्छ ।
५. साल्मोन माछाः यसले मुटु, क्यान्सर, डिप्रेसनका बिरामीलार्इ फाइदा पुर्याउँछ ।
दैनिक रूपमा यी पाँच चीज खानुहुन्छ भने तपाइ स्वस्थ रहनुहुन्छ ।
