सरकारले एक वर्षमा एक लाख व्यक्तिलाई रोजगारी दिने कार्यक्रम ल्याउने तयारी

Avatar photo
Dhadingpost
साउन ३१, २०७५

काठमाडौं, साउन ३१ । सरकारले एक वर्षमा एक लाख व्यक्तिलाई रोजगारी दिने गरि केहि दिन भित्रै रोजगारसम्बन्धी उत्साहजनक कार्यक्रम ल्याउने तयारी थालेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् रोजगारी श्रृजना गर्न लागिएको हो ।

रोजगारीको अवसर नपाएका गरीब समुदायलाई एक सय दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले तयार पारेको मन्त्री विष्टले बताए ।

यसका लागि सातवटै प्रदेशमा रोजगार केन्द्र स्थापना गरिने मन्त्री विष्टले जानकारी दिए । रोजगारीको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्न रोजगार सम्बन्धी ऐन छिटै संशोधन गर्ने तयारीमा सरकार रहेको छ ।