जोशीको शैक्षिक प्रमाणणपत्र नक्कली भएको पुष्टि, १० कक्षामा २ पटक फेल

Avatar photo
Dhadingpost
साउन २४, २०७५

काठमाडौ, सायन २४ । जोशीको शैक्षिक प्रमाणणपत्र नक्कली भएको पुष्टिभएको छ । १० कक्षामा २ पटक फेल भएको प्रमाण भेटिएको स्रोतको दाबी छ ।

सर्वोच्च अदालतका वरिष्ठम न्यायाधीश दीपकराज जोशीको एलएलसी परीक्षाको शैक्षिक प्रमाणणपत्र शङ्कास्पद रहेको अभियोगमा प्रधानन्यायाधीश बन्न संसदीय सुनुवाइ विशेष समितिबाट अयोग्य ठहर भएका प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ। परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार मार्क लेजरमा जोशी २०२९ सालमा एसएलसी उत्तीर्ण भएको व्यहोरा उल्लिखित छ ।

स्रोतका अनुसार जोशीको प्रमाण पत्र प्रधानमन्त्री केपी ओलीले नै धेरै छानविन नगर्न समितितलार्इ निर्देशन दिएपछि समितिले छानविन नगरी अस्वीकृत गरेको थियो। शिक्षक, प्राध्यापक र डिन हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्म बनिसकेका व्यक्तिको एसएलसी प्रमाणपत्रमाथि अहिले आएर शङ्का गरिनुको राजनीतिक हस्तक्षेप बाहेक केही नरहेको जानकारहरु बताउँछन् ।

परीक्षण नियन्त्रण कार्यालयमा रहेको यो तथ्यले विद्यापीठबाट एसएलसीमा सामेल हुनेहरू सबै उत्तीर्ण हुन्थे भन्ने कुराको स्वतः खण्डन गरेको छ र जोशीको प्रमाणपत्रमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नरहेको पत्रकार प्रकृति अधिकारीले दावी गरेकी छन् ।

विद्यापीठको मार्क लेजरको ५४ औँ पृष्ठमा जोशीको नाम र प्राप्ताङ्क रहकोे छ । पत्रकार प्रकृति अधिकारीले अनुसन्धानपश्चात् सार्वजनिक गरेको विवरणमा ५४ औँ पृष्ठमा २३ जना परीक्षार्थीको नाम भएकोमा चारजना मात्र उत्तीर्ण देखिएको, पृष्ठ ५१ मा २४ परीक्षार्थीको नाम रहेकोमा पाँचजना मात्र उत्तीर्ण भएको उल्लेख छ । त्यसैगरी पृष्ठ ५३ मा १९ मध्ये पाँच र पृष्ठ ५५ मा २४ मध्ये पाँच तथा पृष्ठ ५२ मा २४ मध्ये आठजना उत्तीर्ण भएको तथ्य पत्रकार अधिकारीले फेला पारेका छन् ।