काठमाडौ, साउन २४ । मलखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहित आज बिहान सिरहाको गोलबजार नगरपालिका–७ निवासी ललितादेवी महतो र सिरहाकै कल्याणपुर नगरपालिका–९ निवासी शम्भु यादवलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ ।
मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो ।
डिएपी मल प्रतिबोरा रु दुई हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु दुई हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो ।
पक्राउ परेकाको साथबाट गुन्द्री १६ पिस, राजनिवास चार बोरा, दाल ५० किलो, चकलेट पाँच कार्टुन, रेगुलेटर, खाने तेल तीन टिन, रसवरी तीन कार्टुन, स्याम्फो चार कार्टुन, लदरी पानमा लगाउने छ कार्टुन, पापड एक कार्टुन लत्ता कपडा र कस्मेट्रिकलगायतका करीब रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
