काठमाडौं, साउन २३ । स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् परिषदका सदस्य शेरबहादुर देउवाका कारण बैठक स्थगित् भएको बताइएको छ ।
बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । देउवा उपचारका लागि आजै सिंगापुर जाने कार्यक्रम छ ।
अर्को बैठकले कहिले बस्ने भन्ने पनि तय भएको छैन् ।
प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको थियो ।
