लमजुङ, साउन २२ । दुधपोखरी गाउँपालिका–२ विचौरमा नवजात शिशु हत्या गर्ने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
