१३ वर्षीया बालिका बलात्कृत

Avatar photo
Dhadingpost
साउन २०, २०७५

टीकापुर, साउन २० । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बलात्कार आरोपी बसन्त बुढा पक्राउ परेको छ ।

उनले साउन १७ गते साँझ ५ बजे बालिकालाई बलात्कार गरेको बताइएको छ। बलात्कार आरोपी युवकको चिसापानीमा होटेल छ । प्रहरीका अनुसार उनले आफ्नै होटलको शौचालयमा बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

बलात्कार आरोपी युवकलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरेको इप्रका लम्कीका इञ्चार्ज सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनले पीडित बालिकाको स्वास्थ्य परिक्षण गरी आफन्तको जिम्मा लगाइएको बताए ।