फुलखर्कका अधिकारी अस्पतालबाट डिस्चार्ज

Avatar photo
Dhadingpost
साउन १६, २०७५

धादिङ साउन १६ । धादिङ जिल्ला गंगा जमुना गाउँपालिका फुलखर्कका ३८ वर्षीय मोहन अधिकारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुई वर्ष देखि आर्थिक अभावका कारण ओछ्यानमा थन्किएका मोहन अधिकारीका बारेमा धादिङपोष्टले समाचार प्रकाशित गरे सँगै देश विदेशबाट आर्थिक संकलन भएको थियो ।

उनको उपचार सहयोगका लागि सुरुमा यूएईमा रहेका धादिङगेहरुले सहयोग संकलन गरि पठाएका थिए भने जापान र मकाउमा रहेका धादिङगेहरुले समेत मानवता दर्शाउँदै आर्थिक संकलन गरेका थिए भने देश भित्रबाट पनि उत्तिकै मात्रामा सहयोग पाएका मोहन अधिकारीको उपचार काठमाडौ स्थित टिचिङ अस्पतालमा भएको थियो ।

मधुमेहबाट ग्रसित अधिकारीको स्वास्थ्यमा सुधार आए सँगै ३९ दिन पछि अस्पतालले डिस्चार्ज गरेको हो । अधिकारीको स्वास्थ्यको विषयमा चासो राख्ने र सहयोग गर्ने सबै प्रति धादिङपोष्ट परिवार हार्दिक धन्यावाद ज्ञापन गर्दछौं ।

उपचारको लागि सहयोग आव्हान गरिएको पहिलो समाचार
फुलखर्कका मोहन उपचार खर्च नभएर २ वर्ष देखि ओछ्यानमा