धादिङ साउन १६ । लोक तथा दोहोरी गित प्रतिष्ठन जिल्ला समिति धादिङले धादिङबेसीमा तीज विशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठनको जिल्ला समितिको बैठकले नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा आगामी महिना (भदौ) को ९ गते धादिङबेसीमा तिज विशेष साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङका अध्यक्ष हिमाले घलेका अनुसार कार्यक्रमलाई भव्य र सव्य वनाउन प्रचारात्मक अभियान सुरु भैसकेको र राष्ट्रिय तथा जिल्लाका कलाकारहरुलाई निमन्त्रण सुरु भैसकेको छ ।
विशेष त महिलाहरुको पर्व एउटा इतिहास बोकेको तीजको अवसरमा सस्कृति जगेर्नाको लागि उक्त कार्यक्रम आयोजना गरिएको समेत अध्यक्ष घलेले बताए ।
