निवृत्त शिक्षक समाजको स्थापना दिवस मनाइयो

Avatar photo
Dhadingpost
साउन १६, २०७५

धादिङ, साउन १६ । नेपाल निवृत्त शिक्षक समाज धादिङको स्थापना दिवस जेष्ठ, निवृत्त, अपाङ्ग, पिडित शिक्षकहरुलाई सम्मान गरि मनाइएको छ ।

धादिङबसी स्थित जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रम गर्दै बुधबार स्थापना दिवस दिवस मनाइएको हो ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगतनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएका उक्त कार्यक्रममा जिल्लामा क्रियाशित संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।