निलकण्ठकाे त्रैमासिक बुलेटिन विमाेचन

Avatar photo
Dhadingpost
साउन १४, २०७५

धादिङबेसि साउन १४ । धादिङबेसि स्थित निलकण्ठ नगरपालिकाले त्रैमासिक बुलेटिन निलकण्ठ दर्पण विमोचन गरेको छ ।

निलकण्ठ नगरपालिकाले वैशाख देखी असारसम्म तीन महिना गरेको क्रियाकलापहरुलाई समेटेर निलकण्ठ दर्पण प्रकाशन गर्रेदै अाज विमनेचन गरेकाे हाे ।

निलकण्ठ नगरपालिकाले तयार गरेको निलकण्ठ दर्पणमा निलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण धार्मिक सास्कृतिक सम्पदा र नगरपालिकाले गरेका कामलाई समेटिको निलकण्ठ नगरपालिकाले दावि गरेकाे छ ।

निलकण्ठ नगरपालिकाले यस नगरका समग्र गतिविधी, कार्यक्रम र अभियानलाई नगरवासीसमक्ष सुसुचित गर्न, सुशासन, दिगो विकासका योजनाहरुको छनोट नीति निर्माण जस्ता पक्षमा पारदर्शी वन्न त्रैमासिक बुलेटिन निलकण्ठ दर्पण प्रकाशन गरेको निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले वताएका थिए ।

कार्यक्रममा वोल्दै प्रमख जिल्ला अधिकारी भागिरथ पाण्डेले निलकण्ठ दर्पणमा नगरको पर्यटकीय, धार्मीक क्षेत्रलाई कसरी समेटिने, नगरपालिकाको निती कार्यक्रम बजेट कति भन्ने कुराहरु समावेश हुनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा निलकण्ठ नगरपालिका ५ को खाल्टे स्वास्थ्य चौकीमा रहि २०४६ देखी २०७४ सम्म काम गरीरहेकी वेदकुमारी ढुङगाना र निलकण्ठ ६ को सुनौलावजार स्वाथ्य चौकीमा २०५६ देखी २०७४ सम्म शोभा श्रेष्ठलाई सम्मान गमेत गरिएकाे थियाे ।