विदेश जान आएका एक युवकको १ लाख नगद लुटपाट

Avatar photo
Dhadingpost
साउन १४, २०७५

काठमाडौं ,साउन १४ । बझाङ भलारा गाउँपालिका–१ का २३ वर्षीय करण कुँवर नगद १ लाख आइतबार लुटपाट भएको छ ।

विदेश जान काठमाडौं आएका करणको साथमा रहेको उक्त रकम २–३ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएको बताइएको छ ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।