घुस रकम सहित प्रहरी जवान पक्राउ

Avatar photo
Dhadingpost
साउन १४, २०७५

बाँके, साउन १४ । अस्थायी प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीलाई १० हजार घुस रकम सहित पक्राउ परेका छन् ।

नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।

खरिद गरेका सामान ल्याउन सहजता बनाई दिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा १० हजार घुस रकम सहित रंगेहात पक्राउ गरिएको  हो ।