धादिङ साउन १४ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) काे निर्वाचनकाे सम्पुर्ण तयारि सकियकाे अध्यक्ष कमल सापकाेटाले बताएका छन् ।
माउन्टेन डिलाईटका प्रमुख समेत रहेका अध्यक्ष सापकाेटाले धादिङपाेष्ट सग कुरा गर्दै निर्वाचनकाे तयारि सकिएकाे बताएका हुन् ।
निर्वाचन गर्ने इच्छा नहुदा नहुदै पनि सहमति जुट्न नसके पछि निर्वाचनकाे विकल्प नरहेकाेले निर्वाचन गर्नु पर्दा भिटाेफ अधिवेसनमा याे पहिलाे निर्वाचन हुन लागेकाे समेत अध्यक्ष सापकाेटाले बताए ।
अाफ्नाे कार्यकालमा साेचे अनुरुपनै भिटाेफकाे गतिविधि गर्न सकिएकाेमा खुसि व्यक्त गर्दै सापकाेटा भन्छन् सर्वसहमितकाे टिम थियाे सबैलाई मिलायर लगे गाउँ प्रयटनलाइ पनि याेजना अनुरुप नै अगाडि लगियाे अाफ्नाे कार्यकाल शुखद नै रह्याे ।
धादिङका दुई धुर्व सिम्खडा र बासु पाण्डे काे फरक फरक प्यानल बिच हुने निर्वाचन भाेलि साउन १५ गते हुने छ ।
