८ महिना देखि अलपत्र परेका १६ नेपाली महिला उदार

Avatar photo
Dhadingpost
साउन ९, २०७५

काठमाडौं, साउन ९ । भारतको दिल्लीमा अलपत्रमा परेका १६ महिलाहरुलाई दिल्ली स्थित महिला आयोगको टोलीले मंगलबार मध्यरातमा उद्धार गरिएको छ ।

मालिवालका अनुसार विशेष सुचनाका आधारमा प्रहरीसँगै राति १ ती महिला भएको ठाउँमा पुगी छापा मारिएको हो । ती महिलालाई बेचबिखन गर्न लागेको आयोगको दाबी छ। कुनैपनि महिलासँग पासपोर्ट भने नभएको उनले बताईन् ।

ती महिलाहरु विगत ८ महिनादेखि सो क्षेत्रमा रहेका थिए । उनीहरुले आफ्ना अझै कतिपय साथीहरुलाई दलालहरुले कुवेत तथा ईराक पठाईसकेका बताए । दिल्ली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

दिल्ली स्थित महिला आयोगको टोलीले मंगलबार मध्यरातमा उनीहरुको ‘उद्धार’ गरेको बतायो । उनीहरुले तस्करहरुले काम लगाईदिने भन्दै ललाईफकाई दिल्ली पुर्याएका थिए । उनीहरुलाई त्यहाँबाट कुवेत र ईराक पठाउने तयारी भएको समेत बुझिएको छ ।

ती महिलालाई दिल्लीको मुनिर्कामा रहेको एउटा सानो कोठाबाट ‘उद्धार’ गरिएको दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले जानकारी दिएकी छिन् । उनले उक्त जानकारी ट्विटर मार्फत दिएकी छिन् ।