प्रधानन्याधीसश जोशीविरुद्ध परेको उजुरीबारे छलफल हुँदै

Avatar photo
Dhadingpost
साउन ९, २०७५

काठमाडौं, साउन ९ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीविरुद्ध परेको उजुरीबारे उजुरीकर्तासँग आजपनि छलफल हुँदैछ ।

उजुरीकर्ताको प्रमाणको सत्यतथ्य छानवीन गरेपछि भोलि दिउसो १ बजे प्रधानन्यायाधिशमा प्रस्तावित जोशीको सुनुवाई गर्ने कार्यसूचि तय गरिएको छ ।

उजुरीकर्तासँगको छलफल सकिएपछि भोलि प्रधानन्यायाधिशमा प्रस्तावित दीपकराज जोशीसँग छलफल गरिनेछ । आज उजुरीकर्ताको छलफलपछि उजुरीकर्ताले दिएको प्रमाणको सत्यतथ्य छानवीन गर्नसमितिले छानविन गर्नेछ ।