
धादिङ साउन ८ । नेकपा धादिङका दुई संगठनहरु युवा संघ र वाइसिएल धादिङले सिद्धलेक गाउँपालिका ६ स्थित परेवाटारमा धान रोपाई गर्ने भएको छ ।
युवा संघ र वाइसिएलका केन्द्रिय अध्यक्षहरुको उपस्थितमा विहिबार (साउन ९ गते) बृहत धन रोपाई गर्ने भएको हो ।
कृषकलाई धान रोपाइँमा सहयोग गर्नका लागि जनश्रममा युवा अभियान अन्तरगत परेवाटारमा सामुहिक धान रोपाई कार्यक्रम आयोजना गरिएको वाईसिएल धादिङले जनाएको छ ।
