टेलिभिजन शुल्क पनि महँगियो

Avatar photo
Dhadingpost
साउन ७, २०७५

काठमाडौं, साउन ७ । मूल्य अभिवृद्धि करका कारण सरकारले विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मूल्य बढ्ने भएको छ ।

अधिकारीका अनुसार अहिले फ्रि च्यानलसहितको प्याकेज बनाएर जुन मूल्यमा ग्राहकले सेवा पाइरहेका छन्, फ्रि च्यानल आएनन् भने सोही मूल्यमा ग्राहकले अहिलेकै मूल्यमा धेरै च्यानल हेर्न पाउने छैनन् ।

साथै सरकारले ४ क२ मा विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल तीन लाख रूपैंया लाग्ने उल्लेख गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसूचीलाई हेरफेर गरेर राजपत्रमा सूचना प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले विदेशी च्यानलका लागि लिँदै आएको शुल्कमा वृद्धि गरेको हो ।

यो प्रक्रियाका लागि यसअघि ५० हजार रूपैंया पर्ने शुल्क बढाएर सरकारले सात लाखसम्म पुर्‍याएको छ ।

तर, विदेश च्यानलका लागी बढेको यो शुल्कको प्रत्यक्ष प्रभाव नेपालमा टेलिभिजन हेर्ने ग्राहकमा पर्ने व्यवसायीले बताएका छन् भने सरकारले टेलिभिजन हेराइ महँगो नहुने दाबी गरेको छ ।

यसका अतिरिक्त उक्त अनुसूचीमा क्रम संख्या थप गर्दै सरकारले ४ क१ मा विज्ञापन समावेश भएका निःशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रूपैंया लाग्ने जनाएको छ ।

यसले अहिले नेपालमा निःशुल्क रूपमा आइरहेका अलजजिरा, स्टार उत्सव, दंगल, धमाल इन्टरटेन्मेन्ट मुभिज, महाँ मुभिज लगायतका च्यानल बन्द हुन सक्ने डिस मिडिया नेटवर्कका महाप्रबन्धक कल्याण अधिकारी बताउँछन् ।