डा. केसीको समर्थनमा काठमाडौमा सामूहिक सत्याग्रह शुरु

Avatar photo
Dhadingpost
साउन ६, २०७५

काठमाडौं, साउन ६। डाक्टर गोविन्द केसीको समर्थनमा आइतबारदेखि काठमाण्डौंको वसन्तपुर डबलीमा सामूहिक सत्याग्रह हुने भएको छ ।

सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म जारी रहने आयोजकले बताएको छ ।

सरकारले भने मन्त्री तहमा नै वार्ता गर्ने तयारी गरेको छ । तर पहिला माग पूरा हुने ग्यारेन्टीपछि मात्रै वार्ता गर्नेजस्तो सर्त राखेका कारण अप्ठ्यारो भएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताए । मन्त्री पोखरेलका अनुसार शनिबार पनि अनौपचारीक छलफल भएको छ र आज पनि छलफल गर्ने तयारी छ ।