भूकम्पलाई भूल्दै, माहुर गाउॅबासी 

Avatar photo
Dhadingpost
साउन ४, २०७५

गोपाल फ्युबा तामाङ
धादिङ खनियाँबास श्रावण ४ ।
खनियावास गाउॅपालिका वडा नं ५ माहुर गाउॅ ०७२ को भूकम्प पश्चात केही समय सुनसान रहे  । ११ जनाको मृत्यु र कैयौ घाइते भए, साथै पशुधन, अन्नपात पुरिए पश्चात सुरक्षित आवासको खोजिमा अन्यत्र भौतारिए ।

नुवाकोट जिल्लाको किम्ताङ र सदरमुकाम विदुर तर्फ गए । भत्किएको विद्यालयको के कुरा आफ्नै घर छोडेर हिडे । पछि विस्तारै पुनर्निमाण कार्यक्रम सुरू भए । एक घर दुइ घर हुॅदै पुनः आफ्नै गाउॅ फर्किन थाले ।

एक समय थियो, नारायणीदेवि आविमा न विद्यार्थी न शिक्षक, तर अहिले समय फिरेको छ । विदुर र अन्यत्र पढ्न गएका स्थानीय विद्यार्थी फर्कन थालेका छन् । प्रधानाध्यापक पुष्पा वाइवा तामाङ भन्नुहुन्छ, ०७२ को डर ०७५ मा पनि मेटाउन सकिएको छैन ।

यसै अवधिमा विद्यालयले नयॉ प्र. अ. पनि पाए,  एक मात्र दरबन्दी रहेको विद्यालयमा पुष्पा वाइवा तामाङले नेतृत्व लिए पश्चात केही सकारात्मक परिवर्तन देखिन थालेको अभिभावकहरूले बताए ।

अघिल्लो वर्ष गाउॅपालिकाको सहयोगमा एक कोठा बनाएकोमा यस पटक जिल्ला विकास तथा समन्वय इकाइको अनुदान सहयोगमा २ कोठा बनाइयोु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दरसिङ तामाङले भने ।

तामाङ, घले र गुरूङहरूको बसोबास रहेको माहुरमा परम्परागत खेतिपातीको अलावा व्यवसायिकता तर्फ पनि उन्मुख भएको पाइन्छ ।

ट्राउट माछापालन, अम्रिसो, अलैचीको समेत व्यवसाय गरेको पाइन्छ । तुलनात्मक रूपमा विद्यार्थी कम रहे पनि बढाउनको लागि योजना बनाइ कार्यन्वयन गरिरहेको अध्यक्ष दरसिङ तामाङले बताए ।