जीप दुर्घटना हुँदा सातजनाको मृत्यु, चार जना घाइते

Avatar photo
Dhadingpost
साउन ३, २०७५

काठमाडौँ,साउन ३ । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बाग्लुङको गल्कोट नपा–११ रिघा भाुलपाइलेस्थित रइले खोलानजिक जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसहित १४ जना घाइते भएका थिए । गए राति परेको अविरल वर्षाका कारण पर्वतको जलजला गापा–८ लिस्तीमा पहिरोमा पुरी एक जनाको मृत्यु भएको थियो ।

सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी सवारी दुर्घटना तथा पहिरोमा परी मृत्यु हुनु भएकाहरुप्रति दुःख व्यक्त गर्दै उनीहरुको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।