बुटवल, साउन २ । बुटवललाई औद्योगिक, ब्यापारिक, शैक्षिक र बैकिङ हब (केन्द्र) मानिँदै आइएको छ । प्रहरीको नजरमा अब बुटवल थप दुई विषयको पनि हब बनेको छ ।
डीएसपी मल्लले अगाडि भने– ‘उहाँहरुको कुरा र यहाँका होटल व्यवसायीले केही दिन अघि गरेको निर्णयले बुटवल साँच्चिकै प्रस्टिच्युसनको हब बन्दै जान थालेको हो कि भन्ने मैले बुझें ।’
रुपन्देहीमा साना, मझौला र ठूला गरी होटलको संख्या एक हजार ५ सय भन्दा बढी छ । विशेषगरी विनादर्र्ताका स–साना होटलररेष्टुराँ प्रहरीसँग सेटिङ मिलाउन सक्ने मझौला होटल र घरभाडामा लिएर समेत वेश्यावृत्ति हुने गरेको प्रहरी सूत्रको भनाइ छ ।
बुटवललाई प्रस्टिच्युसनको हबको नकारात्मक विशेषणबाट जोगाउन विशेषगरी होटल व्यवसायीहरु इमान्दार भई व्यवसायलाई मर्यादित बनाउनुपर्ने डीएसपी मल्ल बताउँछन् । साथै जिल्लावासी नागरिकसमेत अनुशासित र सचेत हुनुपर्ने डीएसपी मल्लको सुझाव छ ।
‘यस्तो नराम्रो विशेषताबाट बुटवललाई अलग बनाउनुपर्छ, यसमा प्रहरीले पनि होटल व्यवसायलाई शुद्धीकरण गर्न विशेष अभियान थाल्छ’– डीएसपी मल्लले भने ।
बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिलबहादुर मल्लले बुटवललाई ड्रग र ‘प्रस्टिच्युसन’ हबका रुपमा अन्य जिल्लाका मान्छेले लिने गरेको दुखेसो गरे । हालै सरुवा भएर इलाका प्रहरी कार्यालय बुटवलमा आएका मल्लले बुटवलका पत्रकारहरुसँगको अन्तरक्रियामा भने– ‘बाहिरी जिल्लाका राम्रै मान्छेहरुले बुटवल त अन्य कुरामा जस्तै ‘प्रस्टिच्युसन’को पनि हब भएको छ रे नि भनेर मलाई आउनेवित्तिकै प्रश्न गर्नुभो ।’
बुटवलका होटल तथा रेष्टुरेन्ट व्यवसायीले होटलमा विकृति, विसंगति बढेको भन्दै केही दिनअघि कलेज र स्कूल ड्रेसमा आउनेलाई रुम नदिने र १६ वर्षमुनिका व्यक्तिहरुलाई मदिरा नबेच्ने निर्णय गरेका थिए ।
