दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

Avatar photo
Dhadingpost
असार ३२, २०७५

उदयपर, असार ३२ । दुई दिनदेखि बेपत्ता भएका वडा सदस्य रामबहादुर मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका छ ।

दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् ।

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।