कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Avatar photo
Dhadingpost
असार ३१, २०७५

विराटनगर, असार ३१ । मोरङको उर्लाबारी नगरपालिका–८ खाइवा चोकमा शनिबार साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २४ वर्षीय श्रीकृष्ण घिमिरेको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

उर्लाबारीबाट दुर्गापुरीतर्फ जाँदै गरेको बा १८ च ३०९७ नम्बरको कारले ज ९ प ७८१८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा स्थानीय २५ वर्षीय रवि रायको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका रायको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।