डा. मुरारी अधिकारी सम्मानित

Avatar photo
Dhadingpost
असार २९, २०७५

धादिङ असार २९ । नेपाल संस्कृत विश्वविद्यालयबाट नेपाली विषयमा विद्यावारिधि गरेका पत्रकार डा. मुरारी अधिकारीलाई सम्मान गरिएको छ ।

धादिङबेसीमा आयोजित एक कार्यक्रमका बीच नीलकण्ठ बहुमुखी क्याम्पसमा उप्राध्यापकसमेत रहेका डा. अधिकारीलाई बिहिबार विद्यावारिधि गर्नुभएकोमा पब्लिक क्याम्पस प्राध्यापक संघ धादिङ सम्मान गरेको हो ।

‘आदर्श राघव महाकाव्यमा रस’ प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो । २०६४ सालमा मंगलप्रभात किरण साप्ताहिकबाट पत्रकारिता शुरु गरेका अधिकारी सो पत्रिकाको संंस्थापक सम्पादक समेत हुन । अधिकारी नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य पनि हुन् ।